Showing posts with label Gajal. Show all posts
Showing posts with label Gajal. Show all posts

Thursday, October 2, 2008

आफ्नै भावना



मेरी प्यारी यस पाली तीहार्लाई आउने छु
साथी सँगी सँग मिली दौसी गित गाउने छु ।

हिउदमै खर भाटा जोर जाम गरी राख
चुहिएको घर्को छानो आँफै आई छाउने छु।

बहुमुल्य पसिना यो खेर गयो बिदेशमा
असारको हिले खेत आँफै आई साउने छु ।

केही राम्रा कुरा पनि सिके हुँला बिदेशमा
समाजमा सिकाउन घर दैलो धाउने छु ।

"दया" लाग्छ आँफैँ लाई आफ्नो दु:ख कस्ट देख्दा
इज्जत र प्रतिस्ठा नि गाउँ घर्मै पाउने छु ।

मेरी प्यारी यस पाली तीहार्लाई आउने छु
साथी सँगी सँग मिली दौसी गित गाउने छु ।

..................
दयानिधि अर्याल
रत्ननगर-३, चितवन
हाल दोहा कतार
www.voiceofdn.blogspot.com

Funny

Sepeda Motor Model Baru Pictures, Images and Photos

NEXT GENERATION

NEXT GENERATION
MUM! THIS IS BETTER THAN MILK.

Google Search

Google