धरान, फागुन २६ - रोजगारीका लागि सिंगापुर पुगेकामध्ये केही युवाहरु मालिकको चरम यातना र कुटपिट सहन नसकेर र्फकेका छन् । र्फकन नसकेका केही युवाको स्थिति चिन्ताजनक रहेको र उनीहरुको उद्धार नगरिए ज्यान जोखिममा रहेको र्फकनेहरुले बताएका छन् ।......धरान-९ का समिर श्रेष्ठलाई मालिक पक्षका मानिसले काम गर्न नसकेको भन्दै कुटपिट गरेर मरणासन्न अवस्थामा पारेर पानी जहाजबाट समुद्रमा फालिदिएका थिए । तर समिरका मिल्ने एकजना इन्डोनेसियन साथीले समुद्रमै हाम्फालेर बल्लतल्ल बचाएको थिए । ........ उनले पत्रमा लेखेका छन्, 'ममी भाग्य भन्ने चिज कस्तो कस्तो हँदोरहेछ । कहिले खुशी त कहिले दुःख । मेरी प्यारी ममी यो दुःखी छोरा समीरलाई यो यमराजको भूमरीबाट बचाउनुहोस् ल सबैको सहयोग मागेर । म यहाँ मर्नु न बाच्नुको दोसाँधमा छु ।'
(पुरा अंश»- http://www.ekantipur.com/nepali/kolmain.php?&nid=183793
My Blog List
-
-
-
परदेश गएपछि हुने रोमिङको लफडा1 month ago
-
Sajal Aryal1 year ago
-
-
-
-
-
-
-
Showing posts with label न्यूज़. Show all posts

Tuesday, March 10, 2009
Friday, March 6, 2009
आमाबाबु बेपत्ता भएपछि छोराछोरीको बिचल्ली
गगनशिला खड्का/नयाँ पत्रिका
2009-03-05,Thursday
गुल्मी, २१ फागुन
'लोग्ने-स्वास्नीको झगडा, परालको आगो' भन्ने नेपाली उखानलाई गलत सावित गर्दै गुल्मीको एक झगडालु दम्पती घर छाडेर हिँडेपछि दुई छोराछोरीको बिचल्ली भएको छ । सामान्य झगडाका कारण ०६३ सालमा गुल्मी गौंडाकोट-४ राजाका दधिराम बस्नेत र रामकलाले छाडेर हिँडेपछि १२ वषर्ीय छोरा अंकित र १५ वषर्ीया छोरी कमला बेसहारा भएका छन् ।
'एक दिन साँझ आमा-बुबाबीच झगडा पर्यो, भोलिपल्ट बिहान उठ्दा आमा घरमा हुनुहुन्थेन,' अंकितले रुँदै भने, 'आमाले छाडेर हिँडेको पनि दुई वर्ष पुगिसक्यो, कहाँ जानुभयो होला, के खानुभएको होला ।' आमाले घर छाडेर हिँडेको केही समयपछि नै बुबाले पनि छाडेर गएपछि आफूहरू टुहुरोजस्तो भएको अंकितको दुखेसो छ । 'आमाले छाडेर गएपछि बुबा हुनुहुन्छ, उहाँले हेर्नुहुन्छ भन्ने ठानेका थियौँ, बुबाले पनि विदेश जान्छु भन्दै छाडेर जानुभयो,' रुन्खादह उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत अंकितले भने, 'साथीहरू बुबाको साथमा हिँडेको देख्दा, मुटु भक्कानिएर आउँछ ।'
रुन्खादहमै कक्षा नौमा पढ्ने कमला आमाबुबाका कारण आफूले दुःख व्यहोर्नुपरेको गुनासो गर्छिन् । 'म १३ वर्षको हुँदा भाइ १० वर्षको थियो, साना लालाबाला छाडेर सामान्य झगडालाई कारण बनाएर आमाले छाडेर जानुभयो,' उनले भनिन्, 'छोराछोरीप्रति बुबाको पनि मन पलाएन ।' दुबई जान्छु भनेर हिँडेका पिता दधिराम अहिलेसम्म एकपटक पनि छोराछोरीको सम्पर्कमा आएका छैनन् । 'हामीलाई छाडेर हिँडेदेखि एकपटक पनि सम्झनुभएको छैन,' कमलाले भनिन्, 'कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सन्चो-बिसन्चो केही थाहा छैन ।' बाबुआमा नभएपछि कलिलो उमेरमै भाइ र आफू पालिने र पढ्ने सबै जिम्मेवारी कमलाको काँधमा छ । 'दिदीभाइले खाने र पढ्ने सबै खर्च एक्लै जुटाउनपर्छ,' उनले दुखेसो पोखिन्, 'आमाबाबाले दिने माया भाइलाई पनि दिनुपर्यो । राति एक बजेसम्म पढ्ने-लेख्ने गर्छु, दिउँसो कहिले स्कुल जान्छु, कहिले स्कुल बिदा लिएर मेलापात गएर खर्च जुटाएकी छु ।'
समाजमा ठुल्ठूला आदर्शका कुरा गर्ने व्यक्ति वा कुनै संघसंस्थाले पनि सहयोग नगरेको गुनासो पनि गर्छिन् कमला । 'बिरामी पर्दा वा स्कुलमा तिर्ने फी नहुँदा छिमेकीकहाँ माग्न गयो भने उल्टै टुहुरा-टुहुरीले कसरी तिर्छन् भनेर होच्याउँछन्, त्यतिवेला साह्रै मन रुन्छ ।'
जस्तोसुकै दुःख परे पनि भाइलाई पढाएर ठूलो मान्छे बनाउने इच्छा छ, कमलाको । 'भाइ 'साइन्टिस्ट' बन्छु भन्छ, उसको इच्छा पूरा गर्न जस्तोसुकै चुनौती सामना गर्न पनि तयार छु,' उनले भनिन्, 'जीवन भनेको संघर्ष रहेछ भन्ने सानै उमेरमा जानियो, आमाको हातबाट बनाएको मीठो खाना खाने उमेरमा दुःख पाइयो, तर मेरो यो दुःख मेरा साथीभाइका लागि पाठ बनोस्, यही चाहन्छु ।'
http://www.nayapatrika.com/newsdetail.php?id=903041042441745&n_id=26

Subscribe to:
Posts (Atom)
NEXT GENERATION
MUM! THIS IS BETTER THAN MILK.