
मेरी प्यारी यस पाली तीहार्लाई आउने छु
साथी सँगी सँग मिली दौसी गित गाउने छु ।
हिउदमै खर भाटा जोर जाम गरी राख
चुहिएको घर्को छानो आँफै आई छाउने छु।
बहुमुल्य पसिना यो खेर गयो बिदेशमा
असारको हिले खेत आँफै आई साउने छु ।
केही राम्रा कुरा पनि सिके हुँला बिदेशमा
समाजमा सिकाउन घर दैलो धाउने छु ।
"दया" लाग्छ आँफैँ लाई आफ्नो दु:ख कस्ट देख्दा
इज्जत र प्रतिस्ठा नि गाउँ घर्मै पाउने छु ।
मेरी प्यारी यस पाली तीहार्लाई आउने छु
साथी सँगी सँग मिली दौसी गित गाउने छु ।
..................
दयानिधि अर्याल
रत्ननगर-३, चितवन
हाल दोहा कतार
www.voiceofdn.blogspot.com
No comments:
Post a Comment